मनसुन क्रमशः क्षीण हुँदै

उपसभामुख निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । उपसभामुख निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बन्नुभएकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेको छ । 

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता सहभागी हुनुहुन्छ । 

आज दिउँसो ३ः०० बजे बस्ने संसद् बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ ।

 

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ४१ बजे