मनसुन क्रमशः क्षीण हुँदै

प्रतिनिधिसभामा रिक्त उपसभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौँ। प्रतिनिधिसभामा रिक्त उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । 

आज दिउँसो ३ः०० बजे बस्ने संसद् बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुभएपछि करिब साढे २ वर्षदेखि उपसभामुख पद रिक्त रहेको थियो ।उक्त रिक्त रहेको उपसभामुख पदका लागि आज निर्वाचन हुन लागेको हो 

निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी सचेतक समेत रहनुभएकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएको छ ।

भुषालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृतकी लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको छ ।

यस्तै, भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ ।

संसद्मा अहिले नेकपा एमालेका ९८, नेपाली काँग्रेसका ६३, माओवादी केन्द्रका ४९ जना सांसद हुनुहुन्छ । यस्तै नेकपा एसबाट २३, जसपा २१, लोसपा १३, राष्ट्रिय जनमोर्चा १, राप्रपा १, नेमकिपा १ र स्वतन्त्र १ जना सांसद रहनुभएको छ ।

 

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : १६ बजे