बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ मा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किएका थिए ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : ३० असार २०७९, बिहिबार १२ : १७ बजे
प्रतिक्रिया