‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले अध्यक्ष ओलीले दिनुभयो काठमाडौँ महानगरका मेयर बालेन साहलाई तबला उपहार 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई तबला उपहार दिनुभएको छ ।

बुधवार साँझ अध्यक्ष ओलीसँग महानगरका विविध विषयमा कुरा गर्न साह बालकोट जानु भएको थियो । अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालीन महत्त्वका कामहरू, देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएका योजना आदिका बारेमा छलफल गर्नुभएको थियो । यसका लागि एमालेको पूर्ण साथ चाहिने बालेनले बताउनुभएको थियो । 

सो अवसरमा अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैँ साथ रहने र एमालेका जनप्रतिनिधिले सधैँ साथ दिने बताउनुभएको थियो ।

 र्‍यापर समेत रहनुभएका मेयर बालेनलाई अध्यक्ष ओलीले तबला उपहार दिएर पठाउनुभएको छ। 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : ०६ बजे