मनसुन क्रमशः क्षीण हुँदै

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ । बिहान कर्णाली, बागमती र  गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शनिवार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ असार ३० गते (बिहीबार)
दिउँसो: 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​राती :देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

२०७९ असार ३१ गते (शुक्रवार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती :देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

२०७९ असार ३२ गते (शनिवार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश,  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : ०३ बजे