मनसुन क्रमशः क्षीण हुँदै

प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्य तालिका  सार्वजनिक गरेको छ  

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रवार हुनेछ सचिवालयले जनाएको छ  

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले २०७६ माघ ६ गते राजीनामा दिनुभएपछि संसद्मा उपसभामुख पद खाली रहेको छ ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ७ : २९ बजे