मनसुन क्रमशः क्षीण हुँदै

नेपाल विकास प्रक्रियामा मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताउनुभएको छ । नेपालको चार दिने भ्रमणको क्रममा बुधवार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुग्नुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)  विदेश विभाग प्रमुख लिउ चियानछाओसँग  राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो । 

राष्ट्रपति भण्डारीले नेपाल–चीन बिचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्नुहुँदै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताउनुभएको थियो । 

राष्ट्रपतिका कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताउनुभयो । 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ४४ बजे