काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्म जयन्तीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो ।
१८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखबाट उहाँको जन्म भएको थियो ।
प्रकाशित मिति : २९ असार २०७९, बुधबार ११ : ०२ बजे
प्रतिक्रिया