मनसुन क्रमशः क्षीण हुँदै

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाका थोरै स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक÷दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ ।

बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ असार २९ गते (बुधवार)
दिउँसो:
देशभर सामान्य बदली रहनेछ। देशका  प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार ३० गते (बिहीबार)
दिउँसो: 
देशभर सामान्य बदली रहनेछ। देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १,  मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

२०७९ असार ३१ गते (शुक्रवार)
दिउँसो: 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ ,मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ५७ बजे