मनसुन क्रमशः क्षीण हुँदै

दैलेख घटनालाई लिएर एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा 

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा आज एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै राजीनामा माग गर्नुभयो ।

“३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनुभएको छैन”, प्रमुख सचेतक भट्टराईले भन्नुभयो । 

दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उहाँले आश्चर्य समेत व्यक्त गर्नुभएको छ। 

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३३ बजे