मनसुन क्रमशः क्षीण हुँदै

शेखर कोइराला निकटले काँग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला समूहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन् ।

भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै अपराह्न १ः०० बजे नेता डा. कोइराला पक्षधर नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन । 

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरूले सो प्रदर्शन गर्नेछन् ।

‘भातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली काँग्रेस भित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने मागसहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घलगायतका प्रतिनिधिहरूले सो प्रदर्शनमा भाग लिनेछन् ।

सभापति देउवाले आफू निकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भङ्ग गरेका भातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : १६ बजे