दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

तामाङ समाज अमेरिकाले पायो पूर्णता,गाेले बने मिडिया संयोजक

अमेरिका। तामाङ सोसाइटी अफ अमेरिकाका नव निर्वाचित कार्यसमितिले पूर्णता पाएको छ ।  कार्यसमितिले पुर्णता पाएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।  सन् २०२२ देखि २०२५ सम्मको कार्यकालका लागि दोस्रो महाधिवशेनबाट बनेको नव निर्वाचित कार्यसमितिले शनिवार सपथ ग्रहण  गरेको हाे ।  

क्वालिफोनियाको SAN FRANCISCO मा सम्पन्न गरिएको दोश्रो महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम शनिवार ZOOM ID  समापन गरिएको हो ।

यसअघि महाधिवेशनबाट अध्यक्ष लगायत अन्य ५ पदहरु क्रमशः उपाध्यक्ष-२, महासचिव-१, कोष अध्यक्ष-१, सचिव – १ गरि ६ जना पदाधिकारी र सदस्यहरु निर्वाचित भएका थिए ।

६ जना पदाधिकारीहरु मध्ये अध्यक्षको सपथ ग्रहण भैसकेको भए पनि विशेष कारणवश अन्य ५ जना पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण हुन सकेको थिएन ।

शनिवार तामाङ सोसाइटी अफ अमेरिकाको रिक्त रहेको पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण गराइ औपचारिक रूपमा कार्यसमितिलाई पुर्णता दिइएको हो ।

सपथ ग्रहण कार्यक्रममा उपस्थित अमेरिकाको विभिन्न राज्यहरुको तामाङ संघ संस्थाका अध्यक्षहरु,गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष वीर लामा र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको दोश्रो महाधिवेशन पुर्ब निर्वाचन समितीका सदस्य राजेन्द्र वाइबा लगायतको रोहवरमा अध्यक्ष मनमोहन वाइबाले निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराइ कार्यसमितिलाइ पुर्णता दिइएको हो ।

यसअघि SAN FRANCISCO मा सम्पन्न महाधिवेशनबाट चयन भइ सपथ ग्रहण संगै औपचारिक रूपमा पुर्णता पाएको तामाङ समाज अमेरिकाको अध्यक्षमा मन मोहन वाइबा ( मोहन ) वरिष्ठ उपाध्यक्षमा टेक लामा, उपाध्यक्षहरुमा जैन्द्र लामा,डिम्पल लामा र अनु लामाले जिम्मेवारी पाएको हो ।

महासचिवमा बिष्णु तामाङ र सचिवमा रमेश योन्जनले जिम्मेवारी पाउँदा कोष अध्यक्षको जिम्मेवारी बिजय लामा र सह-कोषाध्यक्षको जिम्मेवारी विनोद घिसिङले पाउनुभएकाे छ  । त्यस्तै सदस्यहरुमा क्रमशः साङ डुपा लामा,ज्ञानेन्द्र घलान,अनिल लामा, दावा लामा, सोभा लामा , अमृता लामा र भुशेन लामाले जिम्मेवारी पाउँदा मिडिया को- अर्डिनेटरको जिम्मेवारी भने पत्रकार राजकुमार गोलेले पाउनुभएकाे तामाङ सोसाइटी अफ अमेरिकाका नव निर्वाचित सचिव रमेश योन्जनले जानकारी दिनुभयाे । 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ४६ बजे