दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

गोदावरी नदी किनाराम बालकको शव फेला

गोदावरी । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ ।

गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ४९ बजे