मनसुन क्रमशः क्षीण हुँदै

देशभर मनसुनी वायुको प्रभाव, आज पनि वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

बिहान प्रदेश १ र बागमतीका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। 

दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मङ्गलवार पहाडी भू–भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ असार २६ गते (आइतबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार २७ गते (सोमबार)
दिउँसो: 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

२०७९ असार २८ गते (मङ्गलवार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ५२ बजे