मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

आजको पात्रो

आज मिति २०७९ असार २६ गते आइतबार ।
(ई.सं.२०२२ जुलाई १० तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः१७ बजे र सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: हरिशयनी एकादशी, तुलसी रोप्ने दिन, चतुर्मास व्रतारम्भ ।   

तुलसी रोपण
आज हरि अर्थात् भगवान् विष्णु क्षीरसमुद्रमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

तुलसीलाई भगवान् विष्णुको रूपमा मानेर पूजा गर्ने धार्मिक प्रचलन रहेको हो । विशेषतः हिन्दु धर्मावलम्बीहरूले आजको दिनलाई तुलसी रोप्ने दिनको रूपमा चिन्ने गर्दछन् । भगवान् विष्णुको व्रत वा उपवास गर्ने र तुलसी रोपण गर्ने कार्य शास्त्रीय कार्य हुन् ।

शास्त्रमा उल्लेख गरिएका कर्महरू मानव र सम्पूर्ण प्राणीहरूको कल्याण वा उपकारका निम्ति छन् । आयुर्वेदमा तुलसीलाई महान् औषधीको रूपमा वर्णन गरिएको पाइन्छ । पवित्र स्थानमा दलबाट उमारिएको तुलसीको बिरुवालाई मठमा रोप्नुपर्छ । धेरै औषधीय गुण भएको हुनाले धेरै रोगका निम्ति तुलसी उपयोगी हुन्छ ।

आजदेखि प्रारम्भ गरेर चार महिना अथवा कार्तिक शुक्ल एकादशीसम्म चतुर्मास व्रत गरिन्छ । आज रोपिएको तुलसीलाई चार महिनासम्म रेखदेख गरी हुर्र्काएर हरिबोधनी एकादशीको दिन भगवान् विष्णुसँग विवाह गरिदिने शास्त्रसम्मत विधान रहेको पाइन्छ । यसरी ज्येष्ठ शुक्ल एकादशीमा तुलसीको दल राख्ने, आषाढ शुक्ल एकादशीमा प्रत्येक घरमा तुलसी रोप्ने र कार्तिक शुक्ल एकादशीमा हुर्काएर तुलसीको विवाह गरिदिने परम्परा मानव हितका निम्ति रहेको देखिन्छ । तुलसीको पूजा नै भगवान् विष्णुको पूजा हो । स्वास्थ्यका दृष्टिले तुलसी रोप्ने र उपवास बस्ने कार्य हितकर एवं वैज्ञानिक मानिन्छन् ।

पञ्चाङ्ग 
तिथिः    एकादशी, बिहान ९ः४६ बजेपछि द्वादशी
नक्षत्रः    विशाखा, बिहान ६ः२४ बजेदेखि अनुराधा
योगः    शुभ, राति १२:२८ बजेपछि शुक्ल, आनन्दादि योग – उत्पात
करणः    भद्रा, बिहान ९ः४६ बजेपछि बब
अयनः    उत्तरायण
ऋतुः    ग्रीष्म
पक्षः    आषाढ शुक्लपक्ष
चन्द्रमाः     वृश्चिक
सूयर्ः     मिथुन
बृहस्पतिः    मीन

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : २८ बजे