मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

राष्ट्रपति भण्डारी र मदन भण्डारी फाउण्डेशनका पदाधिकारीबिच भेटघाट 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मदन भण्डारी फाउण्डेशनका पदाधिकारी तथा सचिवालय सदस्यहरूले भेटघाट गर्नुभएको  छ । 

भेटकाक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारी र सचिव पेम्बा लामाले राष्ट्रपति भण्डारीलाई जननेता मदन  भण्डारीकाे ७१ औं जन्मजयन्तीको अवशरमा  फाउन्डेसनले गरेकाे सप्ताहब्यापी  गतिविधि र आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । 

भेटकाक्रममा राष्ट्रपति भण्डारीले मदन भण्डारी  फाउण्डेशन जस्ता संस्थाले कृषि तथा शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने अवस्था सिर्जना नगरी अहिलेको व्यापार घाटा कम गर्न नसकिने बताउनु भयो । 

राष्ट्रपति भण्डारीले मुलुकको शिक्षालाई समसामयिक बनाउन आवश्यक रहेको बताउनुहुँदै शिक्षामा गरिने परिवर्तनमा समाजको सामाजिक, सांस्कृतिक विशेषताहरूको प्रतिकूल भने हुन नहुनेमा जोड दिनुभयो । 

राष्ट्रपति भण्डारीले शिक्षित र उत्पादनशील जनशक्तिको विकास, परिचालन र व्यवस्थापनको माध्यमबाट  समृद्ध नेपाल निर्माणमा लाग्नु सबैको दायित्व रहेको बताउनु भयो । 

​​​​​​​

 

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : २० बजे