मनसुन क्रमशः क्षीण हुँदै

पहिरो खस्दा अवरुद्ध राजमार्ग चार घण्टापछि खुल्यो

तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिवार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । 

बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो । 

पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

चार वटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्बाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उहाँले बताउनुभयो । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : १८ बजे