‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रवासीको पीडा : भन नागरिक म कुन देशको ?

भन म नागरिक कुन देशको
तिम्रो हुँ कि मेरो देशको
म जन्म लिए खेले कुदेँ मेरो नेपाल मा
तर म सहिद भय यो देशमा
भन म नागरिक कुन देशको ?

२ 
मलाई आफ्नो जन्म भूमिको माया छ
म आफ्नो देशको विषयहरूमाथि
लेख्दै छु, बोल्दै छु
तर म तिमी र  यो देशको रक्षा गर्न
बन्दुक पनि त बोक्दै छु
भन त म नागरिक कुन देशको ?

३ 
गरे होलान् सन्धि सम्झौता
दुई देशका शासकहरूले
समर्पित गरे होलान् मेरो जीवन यौवन
मेरा भेषभुषाहरूको
सरोकार छैन मलाई सन्धिका धारा र बुँदाहरूको 
भन म नागरिक कुन देशको ?

४ 
म बस्दै छु, यो देशको सिमाना, सरहदहरूमा 
दिन रातभर प्रहरमा
दिन होस् कि रातिमा खाँदैछु, 
दुश्मनको गोली छातीमा
भन म नागरिक कुन देशको ?

५  
सुनेको छु, देखिरहेको छु, शासकहरूको बीचमा
वार्ता चल्छन् मेल मिलाप हुन्छन्, 
उनीहरूको हितमा, किन तीक्तता आउँदै छ
नागरिक नागरिकका बीचमा
भन म नागरिक कुन देशको ?

६ 
देखिरहेका छैनौ मेरो बलिदान यो देश अनि माटोमा
बहादुर, कान्छा भनी अपमान तिरस्कार किन 
बाटो बाटोमा, किन बाटो बाटोमा 
भन म नागरिक कुन देशको ?

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ५४ बजे