काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
पछिल्लो मत परिणाम अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले १ हजार ३२५ र नेपाली काँग्रेसका रंगबहादुर खातीले ८८६ मत पाउनुभएको छ ।
त्यस्तै, उपप्रमुखमामा एमालेमा मायाकुमारी खड्काले १ हजार २९० मत पाउनुभएको छ भने काँग्रेसका रीता शाहीले ९१९ मत छ ।
हालसम्म वडा नम्बर १, १० र २ को २ हजार ३४० मत गणना भएको छ । मत गणना सकिएका वडा नम्बर १, १० मा नेकपा एमाले विजयी भएको छ भने वडा नम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २५ असार २०७९, शनिबार ९ : ०२ बजे
प्रतिक्रिया