दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाजुराको बुढीगंगामा मतगणनाको तयारी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको तयारीस्वरूप अहिले सर्वदलीय बैठक बसेको छ । बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भनिएपनि केही ढिलो बैठक सुरु भएको हो । बैठकलगत्तै गणना गर्ने जनाइएको छ ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले आजलाई पुन निर्वाचनको मिति तोकेको थियो । हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ११ बजे