मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नागरिकता विधेयक फिर्ता लिएर नयाँ पेस गरिँदै

काठमाडौँ । सरकारले  लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक अन्ततः आज फिर्ता लिने भएको छ ।

गत मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसद्मा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ नागरिकता विधेयक पेस गर्न लागिएको हो  ।

विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदालाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसद्मा पेस गर्न लागेको हो ।

“जन्मसिद्धका सन्तानले कानुन नहुँदा नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ”, लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले भन्नुभयो । उहाँका अनुसार जन्मसिद्धका सन्तानले वंशजले सरह नागरिकता पाउने पुर्ववतः अधिकार संसद्मा नागरिकता विधेयक अड्किदा कार्यान्वयन हुन सकेको थिएनन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुग्नुभएका वरिष्ठ नेता महतोलाई नयाँ नागरिकता विधेयक २३ गतेको बैठकमा पेस गर्न लागेको जानकारी गृह मन्त्री बालकृष्ण खाणले दिनुभएको  जनाएको थियो । 

नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद् र ज्ञापन पत्रमार्फत झकझकाउँदै आएका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ९ : ४६ बजे