मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

​​​​​​​काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिनुभएको  हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नुभएको हो।

राष्ट्रपति कार्यालयले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ०९ बजे