सुनको मूल्यमा नयाँ कीर्तिमान

फेरी बढ्यो कोरोना सङ्क्रमण : आज एकै दिन थपिए ११३ सङ्क्रमित

 काठमाडौं । आज एकै दिन १ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको २ हजार ७२४ परीक्षणमा उक्त सङ्क्रमण पुष्टि भएको हो । 

पीसीआर विधिबाट गरिएको परीक्षणमा ९० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट पुष्टि भएसँगै नेपालमा दिनानुदिन कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : १० बजे