गोरखामा बस दुर्घटना, पाँच जना घाइते

गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । 

घाइते भएका सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ४९ बजे