दुई वर्षीया बालिकाको डुबेर मृत्यु

मलङ्गवा । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो । 
 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ५७ बजे