चट्याङ लागेर उदयपुरमा एक युवकको मृत्यु

उदयपुर । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । 

चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मङ्गलवार मृत्यु भएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका  थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : १३ बजे