यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन निर्माण गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सब स्टेसनसम्म सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ  ।

७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । 

कम्पनीले आयोजनाको विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो । अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमति पत्र  दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । 

विभागले अनुमति पत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय-सुझाव मागेको छ । प्रसारण लाइनमा ५ सय ५ वटा पोल हुनेछ । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ४९ बजे