धनुषा । भारतबाट आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालका अनुसार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २१ असार २०७९, मंगलबार ४ : ०४ बजे
प्रतिक्रिया