यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो

काठमाडौँ  ।  ​​​​​​​मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : २६ बजे