रामेछाप । रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस लुभु भीरमा दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र २१ घाइतेलाई धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २१ असार २०७९, मंगलबार ११ : ५५ बजे
प्रतिक्रिया