यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैँ । सरकारले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : २७ बजे