प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

‘इनफ इज इनफ, अब चाहिँ अति नै भयो’ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुभएका उहाँले सरकारले अति नै गरे पछि आफु बोल्न उभिएको बताउनुभयो ।   अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताउनुभयाे। 

उहाँले भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्नुहुँदै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनुभयो । 

सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीले बताउनुभयाे  । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर पनि ओलीले संसद्मा आपत्ति जनाउनु भयाे । बजेट बनाउँदा करकाे दायरामा यस्तो किसिमको सेटिङ इतिहासमै पहिलो पटक भएको बताउनुभयो । बजेट आउँदा सरकारले नीति तथा कार्यक्रमले उद्घोष गरेका सबै कुरा छरष्टै देखिएको उहाँले बताउनुभयो । 

‘यो बजेट देशको बजेट हैन । यो त दुई चार जना घरानाहरुको बजेट हाे ।’ ओलीको भनाई थियो । उहाँले आर्थिक अराजकताको नमुना यो भन्दा अर्को कुनै हुनै नसक्ने बताउनुभयो । ‘यो भन्दा बढि राष्ट्रको अर्थतन्त्र ध्वोस्त पाने तमासा अरु के हुन सक्छ ?’ ओलीले प्रैश्न गर्नु भयो ।  उहाँले सिसिटिभि फुटेज डिलेट गरेर सरकार झनै उदाङीएको बताउनुभयो ।

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ४४ बजे