दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

पर्सा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने रामजान भन्ने २६ वर्षीय हसमुदिन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

अन्सारी समेतले बारा कलैया उपमहानगरपालिका–५ बहुअर टोल नहरको छेउमा मनिष कुमारको हत्या गरी फरार रहेको प्रहरीले जनाएकोक छ । 

उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाइएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : २० बजे