राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्री नियुक्त, राजेन्द्रको पद यथावत् (सुचीसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । 

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएको छ ।  महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उहाँहरूलाई नियुक्त गरिएको हो । 
नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ०६ बजे