प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँई समेत अटाउन सफल हुनुभएको छ।

आइतबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गङ्गा दाहाल र ज्वाइँ जीवन आचार्य अटाउन सफल हुनुभएको हो। 

सूचीको ३ सय १३औँ नम्बरमा गङ्गा दाहाल र ३१८औँ नम्बरमा ज्वाइँ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । 

प्रचण्डका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाउनुभएको थियो । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : १० बजे