प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । 

मधेस प्रदेशसभाको बैठक आज  दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि बैठक स्थगित भएको थियो । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ५९ बजे