सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं उपत्यकामा थपिए तीन जना हैजाका संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो । 

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो । हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ५९ बजे