विद्युत प्राधिकरणको लापरबाहीले बालिकाको हात गुम्यो

उदयपुर – नेपाल विद्युत प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन ।

त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेको कारण सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् ।

मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रशारण लाईन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । विद्युत प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए । छतमा खेल्ने क्रममा हाईभोल्डेजको तारमा छुँदा कृष्टिना गम्भीर घाइते भएकी छन् ।

करेन्ट लाग्ने बित्तिकै तत्काल उदयपुर जिल्ला अस्पतामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी काठमाडौं लगिएको छ । करेन्ट लागी घाइते भएकी कृष्टिनाको दाहिने हात काट्नु पर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : ०४ बजे