रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ । 

केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको आयोगका  सहायक प्रवक्ता सूर्यप्रसाद अर्र्यालले जानकारी दिनुभयो । 

‘अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने आयोगले निर्णय गरेको छैन,’ सहायक प्रवक्ता अर्यालले भन्नुभयो। आयोगले सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने नगर्ने विषयमा आयोगले निर्णय गर्ने उहाँको भनाइ छ । 
 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : १६ बजे