दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने पक्राउ

महोत्तरी – अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको अभियोगमा जलेश्वर नगरपालिका- १२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुर समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका-१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रूपैया लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीले रवि सहित ३ जनालाई २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : २२ बजे