अस्पतालका कर्मचारी बोकेको बस बनेपामा दुर्घटना, एकको मृत्यु, ४३ जना घाइते

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ४३ जना घाइते भएका छन् ।बनेपा–१० स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेखकुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : २६ बजे