मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

झलनाथलाई सुवास नेम्वाङको जवाफ : ‘किन संसद् अवरोध भइरहेको छ, अध्ययन गर्नुहोस्’

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले एकीकृत समाजवादीका नेता झलनाथ खनालले पटक पटक एमालेलाई लक्षित गर्दै उठाउने सवालको जवाफ दिनुभएको छ ।

सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा नेम्वााङले एमालेको संसद् अवरोधका कारण जनताको कुरा राख्न नपाएको भन्ने सवालको जवाफ उहाँकै अघि दिनुभएको थियो ।

उक्त कार्यक्रममा पनि खनालले पछिल्लो समय निरन्तर नौ महिनासम्म संसद् अवरोध गरेको उल्लेख गर्दै अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गर्नुभएको थियो ।

जवाफमा एमाले संसदीय दलको उपनेतासमेत रहनुभएका नेम्वाङले भन्नुभयो, ‘संसद् अवरोध अहिलेको कुरा गर्नु भयो । विगतमा पनि अवरोध भएको थियो । को–को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भन्नुभयो ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ४ : ०१ बजे