काठमाडौँ । बुटवलमा जङ्गली च्याउ खाँदा एकै गाउँका १९ जना बिरामी भएका छन् ।
बुधवार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन। बिरामी भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ७ : ३२ बजे
प्रतिक्रिया