मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

देशभर आज पनि वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ। आज बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक÷दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रवार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिवार पहाडी भूभागका  धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ असार १६ गते (बिहीबार)
दिउँसो:
देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असार १७ गते (शुक्रवार)
दिउँसो: 
देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७९ असार १८ गते (शनिवार)
दिउँसो: 
देशभर सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका  धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेस प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ७ : २२ बजे