काठमाडौं । राष्ट्रिय गीतहरू समेटिएको गीति एल्बम ‘देश’ र शार्दूल अङ्क ५ को विमोचन भएको छ ।
आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उक्त गीति एल्बम र शार्दूलको अङ्क विमोचन गर्नुभएको हो ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य , नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), मदन भण्डारी फाउण्डेशनकी सचिव पेम्बा लामा लगायतको विशेष उपस्थिति थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार यादव खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा नेपाल, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, जगत प्रसाद उपाध्याय, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे,लगायत कालाकार र गीतकार एवं वरिष्ठ व्यक्तित्वको आतिथ्यता थियो ।
प्रकाशित मिति : १५ असार २०७९, बुधबार ४ : ५८ बजे
प्रतिक्रिया