यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बुर्किनाफासोमा सुरक्षा कारबाहीमा २२ आतंककारी मारिए

ओउगादुगु । बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्त बुग्रिबामा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि २२ जना आतङ्ककारी मारिएका छन् । उक्त प्रान्तमा केही दिन यतादेखि आतङ्ककारी गतिविधि जारी रहेको भन्ने सूचनाका आधारमा सुरक्षाकर्मीहरुले सो कारबाही अघि बढाएको थियो ।

सो प्रान्तका कम्तीमा पनि तीन ओटा आतंककारीका आश्रयस्थल पनि प्रहरीले भत्काइदिएको छ । त्यसक्रममा ठूलो संख्याका हतियारहरु पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सो प्रान्तमा गत हप्ता मात्र पनि सुरक्षा कारबाहीमा परी कैयौँ आतंककारी मारिएका थिए । यहाँका सुरक्षा पछिल्लो समय बुर्किनाफासोमा अधिकारीहरुले आतङ्ककारीविरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि जनाएका छन् । 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ०७ बजे