मनसुन क्रमशः क्षीण हुँदै

एमाले अध्यक्ष ओली धान दिवसमा भक्तपुरको सिरुटारमा रोपाइँ कार्यक्रममा सहभागी हुनुहुँदै 

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँमा सहभागी हुनुहुने भएको छ ।

अध्यक्ष ओलीले अखिल नेपाल किसान महासङ्घले धान दिवसको अवसरमा आज आयोजना गर्ने कार्यक्रममा सहभागी भई रोपाई गर्ने कार्यक्रम तय भएको हो ।

किसान महासङ्घका अध्यक्ष डा. प्रेम दंगालका अनुसार आज दिउसो १२ः०० बजे भक्तपुरको सिरुटारमा आयोजना हुने रोपाई कार्यक्रममा सहभागी हुनुभई अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुहुने छ ।

आम किसानको हौसला वृद्धि गर्न अध्यक्ष ओली रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुने  अध्यक्ष दंगालले बताउनुभयो । अध्यक्ष ओलीले मेसिनबाट धान रोपेर कृषिलाई आधुनिकीकरण गर्ने सन्देश दिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार १९औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा महासङ्घले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको छ । महासङ्घले धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको आयोजना गरेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : १६ बजे