यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपालमा लगानी गर्न चेम्बरकाे आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गर्नुभएको छ ।

 राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न  उहाँसँग आग्रह गर्नुभएको हो । अध्यक्ष मल्लले नेपाल र अष्टे«लियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताउनुभयो ।

नेपाल र अष्टे«लियाबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित सो भेटवार्तामा राजदूत फेलीसिटीले  नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्टे«लिया जाने गरेको र उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि अष्ट्रेलिया  सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।  

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ३७ बजे