तीन प्रदेशमा वर्षाको सम्भावना

सभामुख सापकोटा अजरबैजान प्रस्थान 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका  स्वकीय सचिव गोविन्द पाठक रहनुभएको छ ।  

अजरबैजानमा हुने कार्यक्रममा  सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एंव महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्ने प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । 

सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ । सो टोली १९ असारमाा स्वदेश फर्किनेछ । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ४५ बजे