यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

जग्गाको विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा ३० जनाको मृत्यु

याउन्डे । क्यामरुनको दक्षिण पश्चिम क्षेत्रमा भूमिको विषयलाई लिएर दुई समुदायबीच भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ । 
अक्वाया क्षेत्रमा ओलिती र मेसागा इकोल समूहहरूबीचको झगडा  हिंसात्मक झडपमा रुपान्तरण भएको क्यामरुनको प्रेस्बिटेरियन चर्चका प्रवक्ताले बताए । चर्चले सार्वजनिक गरेको तस्बीरमा शव यत्रतत्र फैलिएको अवस्थामा देख्न सकिन्छ । 

अक्वाया जिल्लाका सञ्चार अधिकारी ओकुमो आङ्वाका अनुसार शनिबार बाकिनजाव गाउँमा अन्त्येष्टि समारोहमा विवादपछि सुरु भएको हिंसा आइतबार पनि जारी रहेको थियो ।

आक्रमणकारीले मानिसलाई जिउँदै जलाउनेदेखि शिर छेदन गरेको उनले जानकारी दिए । आक्रमणकारीले पुनः दुई दिनपछि फर्किएर नरसंहार मच्चाउने चेतावनी दिएका सो क्षेत्रको प्रतिनिधित्व गर्ने एक सांसदले बताएका छन् ।  दुर्गम क्षेत्रमा भएको सो घटनाको अनुसन्धान गर्न केही समय लाग्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।
 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ३३ बजे